तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  • शुक्रबार​ ९ असो २०८३ १२:१९ PM
नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानअनुसार प्युठान जिल्लाका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोट जिल्लाका नलगाड र बारेकोट तथा बझाङ जिल्लाका केदारस्यूँ र थलारा गाउँपालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने जनाइएको छ ।