काठमाडौँ : रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उनको निवासमा भव्य स्वागत गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । १० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबिच सङ्घर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य साहसका साथ जीवितै बाहिर निकालेको थियो । The post सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका महर्जन डिस्चार्ज appeared first on Kalika Khabar.