नारायणगढ–मुग्लिन खण्डसहित देशभरका १४ सडक बन्द (सूची)

  • शुक्रबार​ ९ असो २०८३ १२:०१ PM
काठमाण्डु– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। शुक्रबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडक तथा राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले मुख्य राजमार्ग तथा सडकमा रात्रिकालीन सवारी आवागमनमा समेत रोक