काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत् तथा ऊर्जा आयोजनामा आफ्नै पार्टीका नेता–कार्यकर्ताले अनावश्यक अवरोध गरे कारबाही गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा थापाले कानुनअनुसार काम गरिरहेका ऊर्जा उद्यमीलाई कांग्रेससम्बद्ध स्थानीय तह वा कार्यकर्ताले दुःख दिए पार्टीमा उजुरी गर्न सकिने बताए । उनले स्थानीय