नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् । नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्टाछुट्टै अन्तिम दलेल कवाज