चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन

  • शुक्रबार​ ९ असो २०८३ १०:१७ AM
काठमाडौं । चाडपर्वका बेला सार्वजनिक यातायातको टिकट बिक्रीलाई व्यवस्थित बनाउन अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुको सहज र सुरक्षित यात्राका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई निर्देशन दिएको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम