दरौंदी नदीको खोंचमा फसेका गुरुङको सशस्त्रले गर्‍यो सकुशल उद्धार

  • शुक्रबार​ ९ असो २०८३ ११:०८ AM
काठमाण्डु– गोरखाको दरौंदी नदीको खोंचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बल, नेपालले सकुशल उद्धार गरेको छ। पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडेका अन्दाजी ३० वर्षीय सोनम गुरुङ शुक्रबार बिहान गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौंदी नदीको खोंचमा फसेका थिए। गुरुङको मानसिक अवस्था असामान्य रहेको जनाइएको छ। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। २९ गुल्म हेडक्वार्टर गोरखाबाट टोली