काठमाडौं । युएईमा रहेका नेपालीले अब नयाँ राहदानी (पासपोर्ट) लिन दूतावास वा महावाणिज्यदूतावास धाउनुपर्ने झन्झट हटेको छ । युएईस्थित नेपाली महावाणिज्यदूतावास, दुबैले नयाँ बनेको राहदानी हुलाक सेवामार्फत आवेदकको ठेगानामै पुर्याउने व्यवस्था मिलाएको हो । यसअघि नयाँ राहदानी लिनकै लागि महावाणिज्यदूतावास पुग्नुपर्ने बाध्यता थियो । कामबाट छुट्टी नमिल्ने, समय र यात्रा खर्च बढी लाग्ने भन्दै सेवाग्राहीले