काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बाढीबाट क्षतिग्रस्त रसुवाको पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग मागेका छन् । शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा मन्त्री लम्सालले रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक सहयोगका लागि आग्रह गरेका हुन् । भोटेकोसीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका