जनकपुर । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् । सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताए । उनले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताए । धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ । केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं