५२ वटा बैंक खातामार्फत १ अर्ब बढी हुण्डी कारोबार गर्ने महिला पक्राउ

  • शुक्रबार​ ९ असो २०८३ ०९:२० AM
काठमाण्डु– विभिन्न बैंक तथा वित्तीय संस्थाका ५२ वटा खाता प्रयोग गरी १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ । हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय