बाढीको खतरा बढेपछि एमाले मुख्यालयका सामान माथिल्लो तलामा सारियो

  • शुक्रबार​ ९ असो २०८३ ०९:४७ AM
काठमाण्डु– लगातारको वर्षासँगै मनोहरा खोलामा पानीको सतह बढेर डुबानको जोखिम बढेपछि ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयका सामान माथिल्लो तलामा सारिएको छ । वर्षाका कारण मनोहराको बहाव बढेपछि कार्यालयको तल्लो तलामा रहेका कुर्सी, टेबल तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न माथिल्लो तलामा सारिएको एमालेका एक नेताले बताए । मनोहराको पानी एमाले कार्यालय अगाडिको सडकसम्म पुगेको छ ।