काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले यही असोज ८ गतेको निर्णयअनुसार ५५ जना शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा हुनेमध्ये अधिकांश अधिकृत जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयमा कार्यरत छन् । उनीहरूमध्ये केहीलाई जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालयमा तथा केहीलाई कारागारबाट जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको