काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि हिमालयन बैंक एससीटीको ‘एससीटी इन्टर बैंक फन्ड ट्रान्सफर’ नेटवर्कमा आबद्ध हुने भएको छ । यससँगै हिमालयन बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।