यूएनमा बालेनको १४ मिनेट : विश्वको ध्यान तान्नेदेखि नेपालीको मन जित्नेसम्म

  • शुक्रबार​ ९ असो २०८३ ०९:४७ AM
प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन् । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्कँदा विमानस्थलमा औपचारिक बिदाइको दृश्य देखिन्थ्यो । नेपाली सेनाको सलामी, रातो कार्पेट, मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी