पहिरो खसेपछि गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध, हटाउने काम जारी

  • शुक्रबार​ ९ असो २०८३ ०२:२३ PM
अर्घाखाँची । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक खण्डअन्तर्गत दह खोला लाहुरे बजारमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि प्रहरी निरीक्षक फलबहादुर तामाङको कमान्डमा खटिएको प्रहरी टोलीले लाहुरे बजारको अवरोध हटाएको छ । यस्तै, दह खोलामा गएको पहिरो हटाउने काम भइरहेको र केही समयपछि सडक सञ्चालनमा आउने प्रहरी निरीक्षक तथा सूचना अधिकारी फलबहादुर तामाङले जानकारी दिनुभएको छ । अविरल वर्षाका कारण सडक खण्डमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।