बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको प्रक्षेपणका साथै पानी पर्ने क्रम लगातार भइरहेका अवस्थामा जल सतह बढ्ने र यसका कारण हुनसक्ने जोखिमसमेतलाई दृष्टिगत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिए । हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२