गुठी जग्गाको १५ दिने सूचना खारेजीको माग गर्दै जनकपुरमा आन्दोलन

  • शुक्रबार​ ९ असो २०८३ ०८:४७ AM
काठमाडौं । जनकपुरधामका गुठी जग्गामा दशकौँदेखि बसोवास गर्दै आएका स्थानीय बासिन्दाले सरकारले जारी गरेको १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । पुर्ख्यौली सम्पत्तिसरह लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । जनकपुरका विभिन्न क्षेत्रमा २०२५ सालदेखि