२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन

  • शुक्रबार​ ९ असो २०८३ ०८:५७ AM
पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर्षाको विवरणसमेत सार्वजनिक गरिएको छ ।