न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताएका छन् । न्युयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्दै खनालले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताएका हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ भारतसँग हुने उल्लेख गर्दै उनले दुई देशबिच सामाजिक तथा सांस्कृतिक सम्बन्धसमेत गहिरो रहेको बताए । परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेको जानकारी दिए । भेटमा नेपाल–भारत सम्बन्ध तथा दुवै देशका साझा हितका विषयमा छलफल भएको उनले बताए । विकास साझेदारी र ऊर्जा सहकार्यको ... The post भारतसँगको सम्बन्ध उत्कृष्ट अवस्थामा छः परराष्ट्रमन्त्री खनाल appeared first on Kalika Khabar.