राहुघाटको ४० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा चार्ज, संकटका बेला राहत

  • शुक्रबार​ ९ असो २०८३ ०७:१७ AM
काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा चार्ज गरिएको छ