नवलपरासी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनवल नगर अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले निर्वाचनस्थलमै भाँडभैलो मच्चाएपछि मतदान रोकिएको छ । निर्वाचन समितिका अनुसार मतदानको तयारी भइरहेका बेला कँडेलले नेता भरत थापाको हातबाट उम्मेदवारको नामावली खोसेर च्यातेका थिए । त्यसपछि माइक खोसेर ‘यो चुनाव हुँदैन’ भन्दै नामावली च्यातेर फालेका थिए । कँडेलले निर्वाचनसम्बन्धी कागजपत्र र फाइलसमेत