रोशीमा बाढी खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा साइरन बजाइयो

  • शुक्रबार​ ९ असो २०८३ ०८:१४ AM
काभ्रे– काभ्रेको रोशीखोलामा बाढीको जलसतहले खतराको तह पार गरेको छ । पनौतीस्थित जलमापन केन्द्रमा गरिएको मापनअनुसार रोशीमा पानीको सतह ४.५१ मिटर पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले जोखिमको संकेत दिँदै तटीय क्षेत्रमा साइरन बजाइएको जनाएको छ । माथिल्लो जलाधार क्षेत्रमा वर्षा भइरहेकाले जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको