मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौंमा रोकिए लामो दूरीका बस

  • शुक्रबार​ ९ असो २०८३ ०७:५० AM
काठमाडौं । लगातारको वर्षासँगै विभिन्न राजमार्गमा बाढी र पहिरो आएपछि काठमाडौं आउने–जाने सार्वजनिक यातायात प्रभावित भएको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध हुँदा लामो दूरीका धेरै सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका केही स्थानमा पहिरो