निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण राजमार्ग अवरुद्द भएका छन् । राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्द हुँदा यात्रुबाहक र मालबाहक गाडीहरु काठमाडौँमै रोकिएका छन् । अहिले पृथ्वी राजमार्ग, बीपी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र कान्तिलोकपथ बन्द भएका छन् । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरु प्रभावित भएका छन् । The post देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी appeared first on Businesspana.