खराब मौसमले हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

  • शुक्रबार​ ९ असो २०८३ ०६:३४ AM
काठमाडौं । खराब मौसम र अपर्याप्त भिजिबिलिटीका कारण देशका विभिन्न स्थानमा हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या आएको हो । मौसम प्रतिकूल भएपछि पोखरा, भरतपुर र तुम्लिङटारमा हवाई उडान हुन सकेको छैन । उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।