काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी हो भनेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन् । भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वकै लागि पनि एउटा चेतावनी थियो ।” उनले सो चेतावनीको स्वर सुनियो त भनी महासभामा प्रश्न पनि गरे । उनको प्रश्न थियो म आज तपाईंहरुसँग सोध्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ