दैविक प्रकोप प्रभावित क्षेत्रमा श्रीऋषिप्रपन्नाचार्य स्वामीज्यूद्वारा १० लाख बराबरको राहत सहयोग

  • शुक्रबार​ ९ असो २०८३ ०५:१७ AM
काठमाडौं । दैविक प्रकोपबाट प्रभावित विभिन्न क्षेत्रका असहाय, अनाथ तथा अशक्त बालबालिकाको सहयोगका लागि पूज्य श्रीऋषिप्रपन्नाचार्य स्वामीज्यूले करिब १० लाख रुपैयाँ बराबरको राहत तथा सेवा सामग्री प्रदान गर्नुभएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवार तथा बालबालिकालाई लक्षित गरी कपडा, औषधि, खाद्यान्न तथा भोजनलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो। विपत्तिका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका बालबालिकालाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सेवा कार्य सञ्चालन गरिएको जनाइएको छ। राहत वितरणका क्रममा असहाय, अनाथ एवं अशक्त बालबालिकालाई प्राथमिकता दिइएको थियो। विपत्तिका कारण अभिभावक गुमाएका तथा घरबार र आधारभूत आवश्यकताबाट प्रभावित परिवारलाई मानवीय सहयोग उपलब्ध गराउँदै ... The post दैविक प्रकोप प्रभावित क्षेत्रमा श्रीऋषिप्रपन्नाचार्य स्वामीज्यूद्वारा १० लाख बराबरको राहत सहयोग appeared first on Kalika Khabar.