काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले बारामा ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालका डिआइजी दिपेन्द्र शाहको नेतृत्वको टोलीले बारामा खैरो हेरोइनसहित दुई जना पक्राउ गरेका हुन् । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–५ बकुलियास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा चेकजाँच गरेको थियो