काठमाण्डु आउने-जाने सबै बाटो बन्द

  • शुक्रबार​ ९ असो २०८३ ०६:०५ AM
काठमाण्डु – अविरल वर्षाका कारण राजधानी जोड्ने सबै राजमार्ग बन्द भएको छ । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण राजमार्गहरू बन्द हुँदा काठमाण्डु प्रवेश गर्ने राजमार्गहरू बन्द भएको हो । काठमाण्डु आवतजावत गर्ने मुख्य राजमार्गहरू पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोक मार्गलगायत विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । तर हेटौँडा