काठमाण्डु– लगातारको वर्षासँगै नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल साइटमा लेदोसहितको माटो खसेपछि उपत्यकाको फोहोर बिसर्जन रोकिएको छ । पहिरोसँगै लेदो खसेर सडक अवरुद्ध भएपछि बञ्चरेडाँडामा बिसर्जन हुँदै आएको फोहोर रोकिएको हो । काठमाण्डु महानगरपालिकाका अनुसार शुक्रबार बिहान ल्याण्डफिल साइटको माथिल्लो भागबाट वर्षासँगै लेदोसहितको पहिरो खसेको हो । फोहोर ढुवानी रोकिएपछि महानगरले फोहोर सार्वजनिक स्थानमा नफाल्न भनेको छ