काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जा यसै वर्ष भारतीय बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले भारतका प्रमुख सहरमा गाडी बिक्री गर्न डिलर छनोट गर्ने काम अन्तिम चरणमा पुर्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार डेन्जाले मुम्बई, बेंगलुरु, हैदराबाद, चेन्नई, अहमदाबाद र दिल्लीसहितका प्रमुख सहरमा बिक्री तथा वितरण सञ्जाल विस्तार गर्नेछ ।