इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

  • शुक्रबार​ ९ असो २०८३ ०४:५७ AM
काठमाडौं । मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको वित्तीय साक्षरता कोर्स २ हजार ५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् । चालकलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले कम्पनीले ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ कोर्स सञ्चालन गरेको