काठमाडौं । एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायुमैत्री विकासलाई प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालमा हरित वित्तीय सेवा (ग्रीन फाइनान्सिङ) लाई प्रभावकारी बनाउन दुवै संस्थाले सहकार्य गर्नेछन् । यसका लागि वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई वित्तीय लगानीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ । सहकार्यअन्तर्गत