सम्यक् महादान मूल समारोह समिति घोषणा : आउँदो माघ १ गते महादान हुने 

  • शुक्रबार​ ९ असो २०८३ १०:३२ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ‘सम्यक् महादान मूल समारोह समिति’ घोषणा भएको छ । महानगरपालिकाले विभिन्न संघ, विहार, बहाल तथा गुठीको प्रतिनिधित्व र सहभागिता हुने गरी ३०१ सदस्यीय समिति घोषणा गरेको हो । आउँदो माघ १ गते स्वयम्भूको भुइँखेलमा महादान पूजा आयोजना हुनेछ । हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २२ वर्षदेखि हुन नसकेको थिएन । यस अघि ऐच्छिक गुठीमार्फत आयोजना गर्ने गरिएको तर रोकिएको महादान आयोजना गर्न समुदाय स्तरबाट कठिन हुने ठाउँमा पुगेपछि अमूर्त सम्पदा बचाउन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले महादान आयोजना गर्न लागेको हो ।  मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइखेलमा मनाइने परम्परा छ । महादान २०६१ साल पछि काठमाडौँमा मनाउन सकिएको छैन ।  बिहीबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको घोषणा कार्यक्रममा गठित समितिको संयोजकमा नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा