काठमाण्डु – नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा