म आज यहाँ सुदूर हिमाली देश नेपालबाट मानवजातिका लागि आउँदै गरेको चेतावनीसहित उपस्थित छु । आज यहाँ उभिएर विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न पाएको भए म खुसी हुने थिएँ । तर आज मैले महाविनाश र अभूतपूर्व मानवीय क्षतिबारे बोल्नुपर्ने भएको छ । आफ्ना प्रियजन कहिल्यै घर नफर्कने थाहा पाएर उनीहरूलाई पर्खिरहेका