प्रधानमन्त्री बालेन र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

  • शुक्रबार​ ९ असो २०८३ ०१:४३ AM
प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे) महासचिव गुटेरेससँग भेट गरेका हुन्। महासचिव गुटेरेसले भोटेकोशी विपद्‍मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना