जेनजी आन्दोलनपछि ध्वस्त र धुवाँको गन्धले भरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सेवा प्रवाह सुधार्ने अभियान थालेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेल अहिले प्रशासनिक सुधारका केही नयाँ अभ्यासका कारण चर्चामा छन् । नागरिकलाई लाइनमा राख्ने होइन, सेवाग्राहीलाई सहज र सम्मानजनक सेवा दिने उनको प्रयासमा ‘लाइनबाट लाउन्ज’, दबाबको समय र दबाबको बिन्दु पहिचानदेखि ‘अफिस अन ह्विल्स’सम्मका योजना समेटिएका छन् । एक वर्ष काठमाडौँ प्रशासन बसाइ, आन्दोलनपछिको चुनौती, कार्यालय पुनर्निर्माणदेखि नागरिक सेवा सुधारसम्मका अनुभवबारे पौडेलसँग गरिएको कुराकानी । –काठमाडौँ प्रशासन आउनुअघि तपाईँ कहाँ हुनुहुन्थ्यो