ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रहेको फिनोभेटिभ ग्रुप प्रालिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। युवा चार्टर्ड अकाउन्टेन्ट (सीए) तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित कम्पनीले आगामी तीन वर्षभित्र पुँजी विस्तार गरी ३० करोड रुपैयाँ पुर्याउने लक्ष्यसहितको वित्तीय प्रक्षेपण पारित गरेको छ। सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य