प्रधानसेनापतिद्वारा नवदीक्षित चिकित्सकहरूलाई प्रमाणपत्र वितरण

  • बिहीबार ८ असो २०८३ ०२:५१ PM
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ जना नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण गरिएको छ। बिहीबार नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण गरेका हुन्। प्रमाणपत्र वितरण कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा सेवा गर्दा मर्यादित र नैतिक धरातलमा रही