एमबीबीएसको इन्टर्नशिप गरेका ८५ चिकित्सकलाई प्रधानसेनापतिद्वारा प्रमाणपत्र वितरण

  • बिहीबार ८ असो २०८३ ०१:३० PM
काठमाण्डु – नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशिप पूरा गरेका नवौँ ब्याचका ८५ जना नवदीक्षित चिकित्सकलाई प्रधानसेनापति अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरेपछि इन्टर्नशिप पूरा गरेका चिकित्सकलाई बिहीबार प्रधानसेनापति सिग्देलले प्रमाणपत्र वितरण गरेका