प्रतिनिधि सभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी

  • बिहीबार ८ असो २०८३ ०१:१८ PM
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सचेत गराउँदै नियमापत्ति गर्ने नाममा विषयवस्तुभन्दा बाहिर गएर धारणा राख्ने प्रवृत्ति रोक्न निर्देशन दिएका हुन् । सदनमा कुनै एक राजनीतिक दलका नेताले अर्को दललाई लक्षित गरेर धारणा