सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका कर्मचारीलाई ‘स्ट्यान्डबाइ’ रहन निर्देशन

  • बिहीबार ८ असो २०८३ ०१:०१ PM
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदामा समेत उपत्यका नछाड्न निर्देशन दिएको छ। हालको मौसम तथा सम्भावित विपद्लाई मध्यनजर गर्दै प्रधान कार्यालयले स्ट्यान्डबाइ ड्युटीमा नरहेका कर्मचारीलाई समेत सार्वजनिक बिदाका दिन उपत्यका बाहिर नजान निर्देशन दिएको हो। प्रधान कार्यालयले बोलाएको अवस्थामा तत्काल हाजिर हुन सक्ने गरी सम्पर्कमा रहन पनि कर्मचारीलाई निर्देशन