काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–५ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १९० ट्याब्लेटसहित महानगरपालिका–४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौँ कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् । त्यसैगरी प्युठान, नौबहिनी गाउँपालिका–६ स्थित कुलाखोलाबाट अवैध लागुऔषध गाँजा करिब ५० ग्रामसहित तीन जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ उपल्लो बहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जीवन केसी र ३२ वर्षीय विमल केसी रहेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका–७ बरैयाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका–१० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन् । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ कटान जानकी टोलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ११० मिलिग्राम सहित सोही नगरपालिका–३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका–७ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चितवन, भरतपुर महानगरपालिका–५ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम र नगद रु १६ हजार ५६५ सहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ, सोही महानगरपालिका–४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका–७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन् । सर्लाही, मलङ्गवा नगरपालिका–११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५०० ग्राम, नियन्त्रित लागुऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिराहा, नरहा गाउँपालिका–५ बलुवा टोलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २७ ट्याब्लेट दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–११ दनुवारी टोल बस्ने २१ वर्षीय सुदीप ठाकुर र सोही नगरपालिका–४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन् । झापा, मेचीनगर नगरपालिका–६ बाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ८०० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–१० बस्ने २७ वर्षीय डम्बरबहादुर लिम्बूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापा, झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्रामसहित सोही गाउँपालिका–२ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।