काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको लागोमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको तस्वीर समावेश गरिएको छ । कांग्रेसको १५औँ महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ राखिएको छ ।