काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले बंगालको खाडीबाट उत्पन्न न्यूनचापीय वायुको प्रभावका कारण असोज ८ देखि १२ गतेसम्म नेपालका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको अपिललाई गम्भीरतापूर्वक जानकारीमा लिएको जनाउँदै आयोगले