गायक आरसी रिमालको ‘माया विस्तारै’ सार्वजनिक [भिडियोसहित]

  • बिहीबार ८ असो २०८३ ११:१७ AM
काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक तथा संगीतकर्मी आरसी रिमालको अर्को नयाँ गीत ‘माया विस्तारै’ सार्वजनिक भएको छ । ‘सङ् गीत’ नामक युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको गीतले धेरैको ध्यान तानिरहेको छ । रिमाल आफैँको स्वर रहेको गीतमा संगीत लक्ष्मण पौडेलले भरेका छन् भने कम्पोजिसन करणराज कार्कीको रहेको छ ।