काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा महामारी नियन्त्रण र स्वास्थ्य सेवा प्रवाहलाई तीव्रता दिइएको बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले प्रभावित क्षेत्रमा हैजा नियन्त्रण, नियमित खोप, पोषण सेवा र आपत्कालीन स्वास्थ्य परामर्शलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएकी हुन् । उनका अनुसार