काठमाडौँ : भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले दाङका पाँच प्रमुख सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले २०८३ असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार राप्ती ... The post दाङका पाँच सडक खण्ड राति बन्द हुने appeared first on Kalika Khabar.